सिड्नी । कुनै समय अस्ट्रेलियामा नेपालीहरुको एजुकेशन कन्सल्टेन्सीे व्यवसाय प्रति आकर्षण बढ्दो थियो । त्यस्तै आकर्षण विगत केही समय यता रियलस्टेटको क्षेत्रमा छ ।
विस्तारै नेपालीहरुले स साना देखि ठुलासम्मका रियलस्टेट एजेन्सीहरु खोलिरहेका छन् । रियलस्टेटको क्षेत्रमा नेपालीहरुको पहुँच पुगे सगैैं यस क्षेत्रमा काम गर्ने थुप्रै नेपालीहरु छन् । एकपछि अर्को गर्दै रियलस्टेट एजेन्सीहरु खुलीरहेका छन् जसबाट नयाँ नयाँ एजेन्टहरु जन्मिनेक्रम पनि बढ्दो छ । घर जग्गाको कारोबार सम्बन्धी व्यवसायमा नेपालीहरु निकै सफल पनि भएका छन् ।
रियलस्टेटको क्षेत्रमा लाग्ने अधिकाशं पाका र परिपक्व उमेरका हुने गरेपनि रियलस्टेट एजेन्टको भिडमा नेपाली समुदायका एक यस्ता व्यक्ति पनि छन् जो कलिलै उमेरमा यो क्षेत्रमा प्रवेश गरेका छन् । उनी हुन् १७ वर्षीय सुप्रेम लम्साल । १५ वर्षको उमेर देखिनै घरजग्गा कारोबारमा रुची राख्ने सुप्रेम अहिले अस्ट्रेलियामा रहेका नेपाली समुदायका सबैभन्दा कान्छा रियलस्टेट ऐजेन्ट बनेका छन् ।
उच्च शिक्षासम्मको अध्ययन पुरा गरेर अहिले उनले रियलस्टेट सम्बन्धी तालिम लिँदैछन् भने सगैं मल्टिडायनामिक रियलस्टेटमा एजेन्टको रुपमा पनि काम गर्दछन् । उनी अस्ट्रेलियाकै सफल रियलस्टेट एजेन्ट मुरारी लम्सालका छोरा समेत हुन् । साउथ वेस्टमा बस्दै आएका सुप्रिम बुबाको सफलता र लगाव देखेर आफु पनि यो क्षेत्रमा आएको बताउँछन् ।
“मलाई पहिले देखि नै यो व्यवसाय निकै मनपथ्र्यो,त्यसमाथि बुबाको सफलताले काम गर्न अझै प्रेरित गरेको छ,उनले भने ।” आफ्नो बुबाले नै गरेको काम आफुले पनि गर्न पाउँदा उनलाई खुसी लागेको छ । आफुलाई मानिसहरुसगं कुराकानी गर्न,प्रश्न गर्न, नयाँ कुरा बताउन र नेपाली समुदायका मानिसहरुसगं घुलमिल गर्न मनपर्ने बताउँछन् ।
अहिले उनले आफ्नो बुबा मुरारी लम्सालसँग मल्टिडायनामिक रियलस्टेटमा शीर्ष बिक्री एजेन्ट मध्ये एक प्रशिक्षकको रूपमा काम गर्दैछन् । पहिले बुबासगं शुक्रवार अफिस गएर काम सिक्ने र हेर्ने गरेका उनी अहिले भने उच्च शिक्षा अध्ययन सकाएपछि बुबासगैं बसेर फुल टाईम काम गर्छन् । तर १ वर्ष उनले फुल लाईसेन्स होल्डरको सुपरभिजनमा मात्र काम गर्न पाउँछन् ।
उनले विश्वको शीर्ष घर जग्गा कोच टम पानोसलाई निकै फलो गर्ने गर्दछन् । सुप्रिम सानै उमेरमा दृढ मानसिकता, मेहनती, विनम्र र सहयोगी छन् । रियलस्टेटको क्षेत्रमा छुट्टै पहिचान बनाएका उनका बुबा मुरारी लम्साल सुप्रिम नेपाली समुदाय र सम्भवत अष्ट्रेलियामा सबैभन्दा कान्छो एजेन्ट भएको बताउँछन् ।
“सानै देखि रुची राख्थे,म सगं अफिस आउने जाने गर्दा नै केही कुराहरु सिके पछि १५ वर्षको उमेरमा म सगैं एउटा तालिममा पनि सहभागी भए त्यसपछि सुप्रिमलाई रियलस्टेटले तान्यो बुबा मुरारीले भने ।” उनले छोराले आफ्नो व्यवसाय सम्हालेर बाबु छोरा एकै व्यवसायमा लाग्दा निकै नै खुसी लागेको र अरुका लागि समेत प्रेरणा बनेको बताए ।
विश्वको शीर्ष घर जग्गा कोच टम पानोसलाई निकै फलो गर्ने सुप्रेम सानै उमेर देखि व्यवसाय डिलिङ गर्ने कुरामा चाख राख्थे भने बुबाको कामलाई पनि निकै सुक्ष्म रुपले हेर्ने गर्दथे अहिले उनी आफै बुबाकै काममा लागेका छन् । उमेरमा दृढ मानसिकता, मेहनती, विनम्र र सहयोगी छन् । रियलस्टेटको क्षेत्रमा छुट्टै पहिचान बनाएका उनका बुबा मुरारी लम्साल सुप्रिम नेपाली समुदाय र सम्भवत अष्ट्रेलियामा सबैभन्दा कान्छो एजेन्ट भएको बताउँछन् ।
“सानै देखि रुची राख्थे, म सगं अफिस आउने जाने गर्दा नै केही कुराहरु सिके पछि १५ वर्षको उमेरमा म सगैं एउटा तालिममा पनि सहभागी भए त्यसपछि सुप्रिमलाई रियलस्टेटले तान्यो बुबा मुरारीले भने ।” उनले छोराले आफ्नो व्यवसाय सम्हालेर बाबु छोरा एकै व्यवसायमा लाग्दा निकै नै खुसी लागेको र अरुका लागि समेत प्रेरणा बनेको बताए । उनले नेपालीहरुलाई पनि यस क्षेत्रमा लाग्नका लागि प्रेरित गर्न र आफुले जानेका कुरा सिकाउने बताउँदै यसले नेपाली समुदायका व्यक्तिहरुलाई राम्रो सन्देश दिएको बताए ।
मानिसहरूले सुप्रेम र बुबा मुरारीसँगको रियलस्टेट भिडियो निकै मन पराउँछन् र धेरै राम्रा प्रतिक्रियाहरू गर्छन् । उनीहरु सामाजिक सञ्जालमा लोकप्रिय बनेका छन् भने धेरैले उनीहरु बुबा छोराको लगाव देखेर प्रेरणा मिल्ने बताउँछन् । रियलस्टेट बजारमा ठूलो सम्भावित ड्राइभहरू पाएको सुप्रिम बताउँछन् । भविष्यमा बुबा जत्तिकै सफल र राम्रो रियलस्टेट बन्ने सपना उनको छ ।